काम लाग्ने कुरा

जापानको भिसा आवेदन फारम भर्दा ध्यान दिनुपर्ने ५ महत्वपूर्ण नियमहरु

जापानमा बस्न र काम गर्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको 'भिसाहो। तपाईँ आफैले आवेदन दिँदा होस् वा कम्पनीमार्फत, आवेदन फारम भर्ने तरिकाले तपाइँको भिसाको नतिजामा ठूलो असर पार्छ भन्ने कुरा के तपाईँलाई थाहा छ?

धेरैलाई आवेदन फारम भर्नु भनेको खाली ठाउँ भर्नु मात्र हो भन्ने लाग्न सक्छ। तर वास्तवमा अध्यागमन ऐन (Immigration Law) अनुसार यसका आफ्नै कडा नियमहरु छन्। आज हामी अध्यागमन विभागले मुख्य रुपमा चेक गर्ने ५ वटा महत्वपूर्ण कुराहरुको बारेमा चर्चा गर्नेछौं।

१. सधैं नयाँ फम्र्याटको फारम प्रयोग गर्नुहोस्

अध्यागमनका नियमहरु समय-समयमा परिवर्तन भइरहन्छन्। यदि तपाईँले पुरानो फम्र्याटको फारम प्रयोग गर्नुभयो भने अध्यागमनले तपाइँको आवेदन स्वीकार नगर्न सक्छ। त्यसैले सधैं अध्यागमन विभागको आधिकारिक वेबसाइटबाट नयाँ फारम डाउनलोड गरेर मात्र प्रयोग गर्नुहोस्। साथै, भिसाको प्रकार अनुसार 'आवेदकले भर्ने' र 'कम्पनीले भर्ने' फारमहरु फरक-फरक हुने भएकोले सही फारम छनोट गरे थप सुनिश्चित हुनुहोस्।

२. मेटिने पेन (Frixion Pen) वा करेक्सन फ्लुइडको प्रयोग नगर्नुहोस्

धेरैले गर्ने सामान्य गल्ती भनेको मेटिने पेन वा सिसाकलमले फारम भर्नु हो। यस्तो पेनले लेखिएको फारममा केरमेट हुने जोखिम हुने भएकोले अध्यागमनले स्वीकार गर्दैन। फारम भर्दा सधैं कालो बलपेन प्रयोग गर्नुहोस् र अक्षरहरु प्रष्टसँग लेख्नुहोस्। यदि लेख्दा गल्ती भयो भने करेक्सन फ्लुइड प्रयोग गर्नुको साटो नयाँ फारम भर्नु नै उत्तम हुन्छ।

३. लागू नहुने ठाउँमा 'छैन' (None) लेख्न नबिर्सिनुहोस्

फारम भर्दा आफूलाई लागू नहुने ठाउँ खाली छोड्नुभयो भने अध्यागमन अधिकारीले तपाइँले 'भर्न बिर्सिएको' भनेर बुझ्न सक्छन्।

  • लागू नहुने विषयमा 'None' वा 'なし' लेख्नुहोस्।

  • अंक लेख्नुपर्ने ठाउँमा केही छैन भने '0' लेख्नुहोस्। यसरी सबै कोष्ठकहरु भर्नु नै सही र विश्वासिलो कागजात बनाउने पहिलो खुड्किलो हो।

४. पेश गरिएका अन्य कागजातसँग विवरण मिलाउनुहोस्

तपाईँले फारममा लेखेको विवरण र साथमा पेश गर्ने 'कारण पत्र' (Reason Letter), सर्टिफिकेट वा अन्य सरकारी कागजातहरुको विवरण ठ्याक्कै मिल्नुपर्छ। विशेषगरी जापानमा रहेका आफन्तको विवरण लेख्दा होसियार हुनुहोस्। तपाइँले पहिले दिनुभएको विवरण अध्यागमनसँग सुरक्षित हुन्छ। यदि पहिले उल्लेख गरेको आफन्तको नाम यस पटक हटाउनुभयो भने अध्यागमनले तपाइँको विवरणमाथि शंका गर्न सक्छ।

५. हस्ताक्षर आफैले गर्नुहोस्

आवेदन फारमको अन्तिममा गरिने हस्ताक्षर अत्यन्तै महत्वपूर्ण हुन्छ। यदि तपाइँको फारम कुनै एजेन्सी वा कम्पनीले तयार पारिदिएको हो भने पनि विवरण ठिक छ कि छैन भनेर आफैले चेक गरेर मात्र हस्ताक्षर गर्नुहोस्। आधिकारिक लाइसेन्स नभएका व्यक्तिलाई पैसा दिएर फारम भर्न लगाउनु कानुनी रुपमा गलत मानिन्छ। यसले तपाइँको भिसा प्रक्रियामा समस्या ल्याउन सक्छ।


प्रोफेसनल 'ग्योसेइसोसी' (行政書士) मार्फत आवेदन दिनुका फाइदाहरु

भिसाको आवेदन आफैले गर्दा धेरै पटक अध्यागमन धाउनुपर्ने र जटिल कागजात बनाउन समय लाग्ने हुन्छ। आधिकारिक लाइसेन्स प्राप्त ग्योसेइसोसीको सहयोग लिँदा तपाइँलाई निम्न फाइदा हुन्छ:

  • अध्यागमन विभाग गइरहनु पर्दैन: तपाइँले आफ्नो काम वा पढाइ छोडेर अध्यागमन धाइरहनु पर्दैन।

  • तुरुन्तै कागजात सच्याउन सकिने: साधारण व्यक्तिले बुझाएको कागजातमा गल्ती भएमा सच्याउन मिल्दैन, तर ग्योसेइसोसीले कानुनी आधारमा त्यहीँ सच्याउन सक्छन्।

  • भिसा पाउने सम्भावना बढ्छ: हामीसँग भएको अनुभव र डाटाको आधारमा अध्यागमनले पत्याउने गरी बलियो कागजात तयार पार्छौं।

यदि तपाइँलाई आफ्नो भिसाको बारेमा कुनै पनि दुविधा छ भने आजै हामीसँग परामर्श लिनुहोस्।

सेवा सूची

-काम लाग्ने कुरा